एमसीएका सबै काम स्थगित गर्ने नेकपाको निर्णय

463
views

काठमाडौं, १७, जेष्ठ । सरकारले बजेट वक्तव्यमा अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) परियोजनाको अनुदान रकम घुसाएको छ । यसबाट सत्तारुढकै नेकपामा विवाद चुलिएको छ ।

यसैबीच विवाद समाधानका लागि शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकमा संसदबाटअनुमोदन नभएसम्म अमेरिकन सहयोग मिलेनियम कर्पोरेसन च्यालेन्ज (एमसीसी) का सबै काम स्थगित गर्ने निर्णय गरेको छ ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बजेटमा एमसीसीको विषयमा उल्लेख भएपनि संसदबाट पारित भएको अवस्थामा मात्रै सो विषय कार्यान्वयन हुनेछ ।

उनले संसदबाट अनुमोदन नभएको अवस्थामा सरकारले आवश्यक वैकल्पिक कदमको बारेमा सोचेर अगाडि बढ्ने जनाएका छन् । बैठकमा सचिवालयका ९ सदस्यसहित परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, अर्थमन्त्री डा. युवराज खतिवडा र स्थायी कमिटी सदस्य भीमबहादुर रावलसमेत सहभागी थिए ।