सिरहामा नयाँ ११ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या २५ पुग्यो

557
views

लहान, १७, जेठ । सिरहामा ११ जनामा कोरोना संक्र्रमण पुष्टि भएको छ । या सँगै सिरहामा संक्रमितको संख्या २५ पुगेको स्वास्थ्य कार्यालय, सिरहाले जनाएको छ ।

शनिबार लहान नगरपालिकाको श्री जेएस मुरारका क्याम्पसमा रहेको क्वाराइनटाइनमा तीन र लहान ११ पडरिया जनता माविमा रहेको क्वारेनटाइनमा पाँच गरी आठ, धनगडीमाई नगरपालिकामा दुई र कल्याणपुर नगरपालिकामा एक गरी ११ जनामा कोरोना पुष्टि भएको र यसअघिको १४ गरी २५ पुगेको कार्यालयले जनाएको छ ।

संक्रमितहरुलाई धनगडीमाई नगरपालिका–११ मा रहेको महेन्द्र गेनाई प्रसुति अस्पताल, हाल कोरोना अस्थायी अस्पतालको आइसोलेसनमा राखिने भएको छ ।

सिरहामा कोरोना संक्रमितको संखया बढ्न थालेपछि बन्दाबन्दीको पालना गराउन कडाइ गर्न थालिएको प्रजिअ सरोजकुमार गुरागाईंले जानकारी दिए ।