कोरोनाले विश्वभर ३ लाख ६९ हजार बढीको मृत्यु

696
views

जेठ १८, काठमाण्डौ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण अमेरिकामा मात्रैै १ लाख ५ हजारभन्दा बढिको मृत्युु भएको छ । विश्वभर भने ३ लाख ७० हजार ९ सय १८ को मृृृृृत्यु भएको छ । त्यसैगरी वल्डोमिटरको तथ्यांकअनुुुुसार विश्वभर ६० लाख ९७ हजार जनामा कोरोना संक्रमण फैलिएको छ । अमेरिकामा हालसम्म कोरोनाको सबैभन्दा बढी असर देखिएको छ ।

अमेरिकामा पछिल्लो २४ घण्टामा १२ हजार ७ सय जनामा कोरोना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १८ लाख ६ हजार जनामा कोरोना संक्रमण देखिएको छ ।

बितेको २४ घण्टामा अमेरिकामा कोरोनाको कारण ५ सय १३ जनाको ज्यान गएको छ ।त्यस्तै रसियामा हालसम्म कोरोनाको कारण ३ लाख ९७ हजार जना संक्रमित भएका छन् । त्यहाँ ४ हजार ५ सय ५५ जनाको ज्यान गएको छ । बितेको २४ घण्टामा मात्र ९ हजार जनामा कोरोना संक्रमण देखिएको र १ सय ८१ जनाको कोरोनाको कारण ज्यान गएको छ ।

त्यस्तै स्पेनमा हालसम्म कोरोनाको कारण २७ हजार १ सय २५ जनाको ज्यान गइसकेको छ । पछिल्ला दिनमा स्पेमा मृतकको संख्यामा उल्लेख्य कमि आएकोो छ । २ लाख ६८ हजार ३ सय जना मानिसमा कोरोना संक्रमण भएको छ ।

बेलायतमा बितेको २४ घण्टामा कोरोनाको कारण २ सय १५ जनाको ज्यान गएको छ । त्यहाँ कुुल ३८ हजार ३ सय ७६ जनाको ज्यान गएको छ भने २ लाख ७२ हजार ८ सय जनामा कोरोना संक्रमण देखिएको छ ।

ब्राजिलमा कोरोनाबाट ४ लाख ७० हजार जना संक्रमित भएका छन् भने २८ हजार १५ जनाको कारोनाको कारण मृत्यु भएको छ । पछिल्ला दिनमा त्यहाँ संक्रमण तीब्र गतिमा बढेको छ ।

छिमेकी देश भारतमा कोरोना संक्रमणका कारण ५ हजार १ सय ८२ जनाको ज्यान गइसकेको छ, भने १ लाख ८१ हजार ८ सय जनामा कोरोना संक्रमण देखिएको छ । बितेको २४ घण्टामा भारतमा ८ हजार ३ सय जनामा कोरोना संक्रमण देखिएको छ । बितेको २४ घण्टामा भारतमा कोरोनाका कारण २ सय ५ जनाको मृत्यु भएको छ ।

हालसम्म विश्वभर २७ लाख २ हजार जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । ३० लाख २५ हजार उपचाररत मध्ये ५३ हजार ५ सय जनाको अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा विश्वभर २ हजार ४ सयभन्दा बढिको मृत्यु भएको छ। त्यसैगरि ७० हजार नयाँ संक्रमित थपिएका छन् ।