गण्डकी प्रदेशमा थप ३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २४ पुग्यो

852
views

पोखरा, १८, जेष्ठ । गण्डकी प्रदेशमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्याङ्जाको गल्याङ नगरपालिकामा २७ र ४० वर्षका २ जना र तनहुँको रिसिङ गाउँपालिकामा २८ वर्षका एक पुरूषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या २४ पुगेको छ । त्यसमध्ये बागलुङका २ जना र लमजुङका एकजना डिस्चार्ज भइसकेका छन् ।

प्रदेश स्वास्थ निर्देशनालयका अनुसार कोरोना संक्रमित तिनै जनालाई जिल्ला अस्पतालको आइसोलेसनमा ल्याउने तयारी भइरहेको छ ।