वंश विनाशको १९ बर्ष

818
views

काठमाडौं, १९, जेठ । २०५८ साल जेठ १९ गते वंश विनाशको दिन हो । उक्त दिन तत्कालीन राजा वीरेन्द्र शाहको वंश नै नाश भएको थियो । नेपालको इतिहासमा राजपरिवारको एउटा वंश विनास भएको आज १९ वर्ष पुरा भएको छ ।

दरबारभित्र भएको गोलीकाण्डमा तत्कालीन राजा वीरेन्द्र शाहसहित राजपरिवारका १० जनाको एकै ठाउँमा हत्या भएको थियो ।

जेठ १९ को शुक्रबारको दिन नारायणहिटी दरबारभित्र राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, अधिराजकुमारीहरु श्रुति, शान्ति राज्यलक्ष्मी सिंह, शारदा राज्यलक्ष्मी शाह, शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह, कुमार खड्गविक्रम शाह र धीरेन्द्र शाहको हत्या गरिएको थियो ।

घटनामा कोमल शाह, शोभा शाही, कुमार गोरखशमशेर राणा र केतकी चेस्टर घाइते भएका थिए । घटनापछि तत्कालीन सरकारद्वारा गठित समितिले छानबिनपछि तयार पारेको प्रतिवेदनले घटना तत्कालीन युवराज दीपेन्द्रबाटै भएको ठहर गरेपनि यसलाई धेरैले विश्वास गरेका छैनन् ।

घटना अझैपनि रहष्यमा छ । अहिलेसम्म त्यो हत्या कसले र किन गर्यो भन्ने यकिन तथ्य बाहिर आउन सकेको छैन । राजपरिवारको विनासपछि ज्ञानेन्द्र शाह नेपालको इतिहासमा अन्तिम राजा बनेका थिए ।