कर्णालीमा थप ७५ जनामा कोरोना संक्रमण

657
views

सुर्खेत । कर्णाली प्रदेशमा दुई सुरक्षाकर्मीसहित ७५ जनामा कोरोना संक्रमण देखिएको छ । प्रदेश अस्पताल सुर्खेतमा ३२ र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पीसीआर परीक्षण गरिएका ४३ गरी ७५ जना नयाँ कोरोना संक्रमित थपिएका हुन् ।

जसमा दुई सुरक्षाकर्मी पनि रहेका छन् । यो सँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या एकसय ९८ पुगेको छ । कर्णाली प्रदेशमा थप ७५ जनामा कोरोना पुष्टिसँगै नेपालमा संक्रमितको संख्या १६ सय ४७ पुगेको छ ।