पर्वतका पाँच स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

905
views

पर्वत, ५, असार । पर्वत जिल्ला अस्पतालका ५ जना स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएको छ । अस्पतालमा कार्यरत ५ जना स्वास्थ्यकर्मीमा कोरानो पोजेटिभ देखिएको हो । पर्वत जिल्ला अस्पतालका प्रमुख डा. शिशिर देवकोटाले बताए ।

काठमाण्डौंको टेकु स्थित प्रयोशालामा गरिएको परिक्षणमा उनीहरुमा कोरोना पोजेटिभ देखिएको हो ।

पर्वतमा संक्रमितको संख्या ४३ पुगेको छ । जसमध्ये ८ जना निको भएर घर फर्किसकेका छन् । भारतबाट फर्केका ३७ जना र अन्य ६ जनामा कोरोना संक्रमण देखिएको छ ।