गण्डकी प्रदेशमा संक्रमितको संख्या ५०४ पुग्यो, पर्वतमा दुईजना थपिए

868
views

पर्वत, ७, असार । पर्वतमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा पर्वतका थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कुस्मा नगरपालिकाका २७ र ३२ बर्षका पुरुषमा संक्रमण पुष्टि भएका हो । संक्रमित भारतबाट फर्केका होइनन् ।

यस अघि ५ जना स्वास्थ्यकर्मी सहित ४३ जनामा संक्रमण पुष्टि भएको थियो । ८ जना कोरोना संक्रमित उपचार पछि निको भएका छन ।

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५०४ पुगेको छ । गण्डकीमा पर्वत बाहेक बागलुङ, म्याग्दी र तनहुँमा गरि १६ जदना संक्रमितहरु थपिएका छन ।

संक्रमित सबैलाई आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।