नेपालमा संक्रमितको संख्या १२ हजार ७७२ पुग्यो

490
views

काठमाडौं, १४, असार । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या १२ हजार सात सय ७२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आइतबार मात्र ४६३ जनाको रिपोर्ट पोजिटिभ आएसँगै संक्रमितको संख्या १२ हजार ७७२ पुगेको प्रवक्ता डा. जागेश्वर गौतमले जनाए ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट चार हजार नौ सय ६२ र आरडीटी दुई हजार सात सय ३२ जनाको नमुना परीक्षण गरिएको छ ।

अहिलेसम्म क्वारेन्टाइन ६१ हजार ७ सय ३१ र आइसोलेसन ९ हजार सात सय ३१ जना छन् ।