आज राष्ट्रिय धान दिवस, दही चिउरा खाने दिन

1357
views

काठमाडौँ, १५ असार । आजको दिनलाई दही चिउरा खाने दिनका रूपमा पनि लिइदैं आइएको छ । खेतमा धान रोपेर वा नरोपी सबैले दही चिउरा खाने चलन छ । कृषि प्रधान मुलुक नेपालमा आज असार १५ मनाउँने गर्छन् ।

मानो रोपेर मुरी उब्जाउने यो दिन खेतमा धान रोपिन्छ । किसानले हिलो खेल्दै, पानीसँग पौठेजोरी खोज्दै, असारे भाकाको गीत गाउदै खेतमा बसेर खाजा खादै, खाजा खाने समयमा दही चिउरा खाएर रमाइलो गर्ने पुरानो परम्परा छ ।

२०६२ सालदेखि यो दिनलाई सरकारले धान दिवसका रूपमा मनाउँदै आएको छ ।