सर्लाहीमा नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप, डेढ दर्जन घाइते

651
views

सर्लाही, १५, असार । सर्लाहीको धनकौल गाउँपालिका–३, मा आइतबार साँझ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ । झडपमा गोली चलेको छ, १८ जना भन्दा बढी घाइते भएका छन् ।

असार ७ गते हत्या गरिएका रामजल रायको हत्यारालाई कारबाही गर्नुपर्ने र क्षतिपुर्तीको माग गर्दै नेकपा कार्यकर्ता मसाल जुलुश निकालेको समयमा दुबैपक्षबीच झडप भएको हो । उनीहरुको अहिले सर्लाही अस्पताल मलंगवामा उपचार भइरहेको छ ।

उक्त झडपमा धनकौल २ का रणधीर रंजन बर्मा, बैधनाथ सहनी र लक्ष्मण साह, धनकौल ३ हरकठवाका रामचन्द्र हजारी नागेश्वर सहनी, महबुब अन्सारी, राकेश कुमार सिंह, रामविनय हजारी, बिलास राय, विजय साह, अरविन्द सिंह, सुनिल महतो, विजय साह, शेख इन्ताज, सुनिल साह, नितेश सिंह, संजित यादव र अरुण यादव घाइते भएका छन् ।

कांग्रेसका रणधीर रंजन बर्माले आफू बजारबाट तरकारी लिएर घर अगाडि बसिरहेको अवस्थामा अचनाक ४० र ५० जनाको समूहमा आएका नेकपा कार्यकर्ताले कुटपिट गरेको बताएका छन् ।

नेकपाका कार्यकर्ताले आफूहरु मसाल जुलुश निकालेको समयमा काँग्रेसका कार्यकर्ताले ढुङ्गा मुढा गर्दै गोली चलाएको आरोप लगाएका छन् ।

दुई पक्षबीच झडप हुदाँ करिब १८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।