नयाँ ४७६ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या १३ हजार नाघ्यो

510
views

असार, १५, गते । नेपालमा कोरोना भाइरस (कोभिड(१९) संक्रमितको संख्या १३ हजार नाघेको छ । सोमबार मात्र ४७६ जनाको रिपोर्ट पोजिटिभ आएसँगै संक्रमितको संख्या १३ हजार २४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार सोमबार १३ हजार २४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ७ हजार ७९१ र आरडीटी विधिबाट १ हजार ८२२ नमुना परीक्षण गरिएको छ ।

प्रवक्ता गौतमका अनुसार अहिलेसम्म पीसीआर विधिबाट २ लाख २३ हजार ६३० र आरडीटी विधिबाट २लाख ९७ हजार ८७१ जनाको नमुना परीक्षण गरिएको छ । कुल डिस्चार्ज हुनेको संख्या ३ हजार १३४ पुगेको छ ।