चार स्वास्थ्यकर्मीसहित ५ जनाले जिते कोरोना

448
views

पर्वत, १७, असार । पर्वत जिल्लामा बुधबार ५ जना संक्रमितले कोरोना जितेका छन । आइसोलेसनमा उपचार गराईरहेका ४ जना स्वास्थ्यकर्मी सहित ५ जनाले कोरोना संक्रमण जितेका हुन् । यो संगै कोरोना जितेर घर फर्कनेको संख्या २७ पुगेको कोरोना अस्पतालका डा. शिशिर देवकोटाले बताए ।

उनका अनुसार चार स्वास्थ्यकर्मी र एक जना स्वास्थ्यकर्मीका परिवारका सदस्यमा कोरोना संक्रमणको रिर्पोट नेगेटिभ आएको छ । रिर्पोट नेगेटिभ आए संगै उनीहरुलाई डिस्र्चाज गर्ने तयारी भैरहेको छ ।

पर्वतमा ८६ जना संक्रमित भएकोमा ५९ जना आइसोलेसनमा रहेका छन । सबैको स्वास्थ्य अबस्था सामान्य रहेको छ ।