लकडाउनको मारमा घरभाडामा सहुलियत

1222
views

असार, १८, गते । कोरोना भाइरसको महामारीसंगै गरिएको लकडाउनका कारण आर्थिक तथा ब्यावसायिक कारोवारमा नकारात्मक प्रभाव परेको अवस्थामा मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडलाई रामशरण कामीले घरभाडामा सहुलियत दिएका छन् ।

ब्यवसाय ओरालो लागेको अवस्थालाई नेपाल सरकारले घरबेटीहरुलाई घरभाडा छुट गर्न आग्रह गरिरहेको छ । प्रायः घरबेटीलेहरुले साह्रै न्युन आय भएकाहरु बाहेकलाई घरभाडा छुट दिएका छैनन् । कतिपय दैनिक ज्याला मजदुरी गर्नेहरुले तिर्न सक्ने अवस्था नहुदा पनि घरबेटीहरुले मुन्टो बटार्ने अवस्था सृजना भैरहेको अवस्था छ । तर सिरानचोक ४ गोरखामा रहेको मेरोमाइक्रोफाइनान्सको छोप्राक शाखा कार्यालयलाई एक महिनाको घरभाडा छुट दिएर घरबेटी कामीलेले सामाजिक दायित्व निर्वाह गरेको शाखा कार्यालयका प्रमुख दिपक भट्टले जानकारी दिए ।

‘लकडाउनले सबैलाई हतोत्साही बनिरहेको अवस्था र सरकारले पनि एक महिनाको भाडा नलिन आब्हान गरेकोमा आफूले पनि पनि संस्थाको समस्या बुझेको” कामीले बताए । त्यस्तै, समाजमा बसेर संकटको बेला एक अर्कालाई साथ दिएर सामाजिक दायित्व निर्वाह गर्नुपर्ने बताए ।

मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोषमा २५ लाख ६० हजार सहयोग गरिसकेको छ । त्यसको साथै बिभिन्न स्थानीय तहहरुलाई पनि राहत तथा आर्थिक सहयोग गरिरहेकोे छ । गोरखाको सिरानचोक गाउ“पालिकालाई २० हजार आर्थिक सहयोग गरिसकेको संस्थाले जनाएको छ ।

मेरोमाइक्रोफाइनान्स लघुवित्त बित्तीय संस्था लिमिटेड नुवाकोटको बट्टारमा कर्पोरेट कार्यालय रहि देशका ५९ जिल्लामा १२० शाखा कार्यालय र खैरेनीटार अनुगमन कार्यालय तनहु“ अन्र्तगत छोप्राक सहित ७ जिल्लामा ८ शाखा कार्यालयमार्फत लघुवित्तीय सेवा प्रदान गरिरहेको छ ।