सौन्दर्यतामा ख्याल गर्नुपर्ने यि १० कुराहरु

641
views

हरेक मानिस सुन्दर बन्न चाहन्छ । आफ्नो सुन्दरताले अन्य मानिसलाई आफूप्रति आकर्षित गर्ने चाहना हर कोहीमा हुन्छ । आफ्नो शरीरलाई सुन्दर र राम्रो भनिदिओस भन्ने चाहना सबैमा हुन्छ तर यसका लागी आफूमा सुन्दरता कायम राख्नु आवश्यक हुन्छ । शरीर तथा अनुहारमा सुन्दरता कायम राख्न सकेमात्र अरूको नजरमा सहजै परिन्छ । शरीरको सुन्दरतामा निखार ल्याउनका लागि र यथास्थितिमा राख्नका लागि बाह्य तत्वको पनि समायानुकूल प्रयोग गर्नुपर्छ तर यसरी बाह्रय सामानको प्रयोग गर्दा पनि विचार भने पुर्याउनु पर्छ । यहाँ केही त्यस्ता टिप्सहरू छन् जुन सौन्दर्यताका लागि प्रयोग गर्न सकिन्छ । १. दैनिक हेरचाहले पनि छालालाई सुन्दरता दिन्छ । २. अनुहारको छाला अति नै सुख्खा छ र संवेदनशील भएको अवस्थामा साबुनको प्रयोग गर्नुहुदैँन । हातले पटक(पटक अनुहार छोइरहनु हुदैँन । ३. यदि अनुहारमा चिल्लो र सुख्खा छ भने दिनमा दुइपटक कुनै पनि मेडिकेटेड साबुनले अनुहार धुनु राम्रो हुन्छ । त्यसपछि राम्ररी पानीले अनुहार धोएर स्किन टोनिक लगाउनुपर्छ । ४. कहिल्यै पनि आँखाको वरिपरि भएको छालामा मसाज गर्नुहुँदैन । त्यसका लागि क्लिन्जिङ जेल लगाएर आँखाको मेकअप गर्नुपर्छ । ५. यदी तपाईको आँखामा कालो दाग छ भने बदाम (हाडे बदाम) को क्रिम लगाएर १० मिनेटपछि धुने गरे कालो दाग हटन सक्छ । ६. नुहाउँदा आङमा लामो डन्डा भएको ब्रस प्रयोग गर्नुपर्दछ । कुइनातिर कुनै कडा तौलियामा साबुन लगाएर दल्नुपर्छ । ७. सकेसम्म नरम सेम्पुको प्रयोग गनुपर्छ । सेम्पु बढी प्रयोग गर्दा भने कुनै असर गर्दैन । ८. हेना (मेहन्दी) एउटा कन्डिसनर हो, जसले कपाललाई बलियो राख्न मद्दत गर्छ । ९. तेलले सुख्खा र बिग्रेको, हाँगा आएको केशलाई ठीक राख्न मद्दत गर्छ । डन्डिफोरलाई ठीक गर्न पनि मद्दत गर्छ । कपाललाई बढाउन कस्टर तेलले मद्दत गर्छ । १०. यदि कपाल बढी भिजेको छ भने कपालमा ब्रस गर्नु हुँदैन । त्यसको बदलामा ठूलो दाँती भएको काइँयोले कोर्नुपर्छ । सकेसम्म हेयर ड्रायर कम प्रयोग गर्नुपर्छ । हेयर ड्रायरको बढी प्रयोगले कपाल बिग्रिन सक्छ ।