प्रचण्डले भने ‘ओली जि लाई सम्झाउनुहोस्’

862
views

काठमाडौं, १८, असार । बिहीबार बिहान पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्न गएका ओली समूहका नेतालाई आफूलाई भन्दा पनि ओलीलाई सम्झाउन र पहिले भएका सहमति कार्यान्वयनका लागि मनाउन प्रचण्डले सुझाव दिएका छन् । छलफलमा ओली निकटका ईश्वर पोखरेल, विष्णु पौडेल, सुवासचन्द्र नेम्वाङ, शंकर पोखरेल र योगेश भट्टराईलाई ओलीलाई सुझाउन सुझाव दिएका हुन् ।

प्रचण्डले २०७६ मंसिर ४ गते भएको सहमति अनुसार ओलीले पाँच वर्ष नै सरकारको नेतृत्व गर्ने र प्रचण्डले कार्यकारी अध्यक्ष भएर पार्टीको नेतृत्व गर्ने विषयमा पनि छलफल भएको थियो । छलफलमा प्रचण्डले ओली समूहका ति नेताहरुलाई सोधे ‘त्यो सहमति अनुसार केही काम भयो त ? तपाइँहरुले देख्नु भएको छ नि । प्रचण्डले उक्त सहमतिको प्रसंग उठाएपछि ओली समूहका नेताहरुले सहमति कार्यन्वयन गराउन आफुहरु लागि पर्ने बताएका थिए ।

आजै नेकपा अध्यक्ष केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास समेत गएका छन् । अहिले केहीबरेमा बालुवाटारमा मन्त्रिपरिषद् बैठक पनि बोलाइएको छ । स्थायी समितिको बैठकबीच नै क्याबिनेट बोलाइनु र राष्ट्रपतिसँग प्रधानमन्त्री अचानक पुगेर परामर्श गर्नुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।