थप ४७३ जनामा कोरोना, संक्रमित १४ हजार ५१९

448
views

काठमाडौं, १८, असार । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या १४ हजार ५१९ पुगेको छ । बिहीबार थप ४७३ जनाको रिपोर्ट पोजिटिभ आएसँगै संक्रमितको संख्या १४ हजार ५१९ पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोरोना जित्नेको संख्या ५ हजार ३२० पुगेको छ ।

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट २ लाख ३७ हजार ७६४ र आरडीटी ३ लाख ६२० जनाको नमूना परीक्षण भएको छ ।