गुल्मी पहिरोमा शिशुको मृत्यु, बालिका वेपत्ता

844
views

गुल्मी, १९ असार । गुल्मीको इश्मा गाउँपालिका–१ मल्दीमा पहिरोले बसन्त सारुको घर बगाउँदा १८ महिने छोरा सुरज सारुको मृत्यु भएको छ ।

सोही ठाउँ बस्ने ईश्वरी खत्रीको घर पहिरोले बगाउँदा उनकी सात बर्षिय छोरी अपेक्षा खत्री बेपत्ता भएकी छिन् । पहिरोमा परि अन्य पाँच जना घाइते भएका छन् ।

गएरातिदेखि परेको अविरल वर्षाका कारण सो ठाउँमा पहिरो गएको र उद्धारका लागि प्रहरीको टोली घटनास्थलतर्फ गइसकेको छ ।