ओली, प्रचण्ड, बामदेव राजिनामा देऊ

1150
views

–अर्जुन पौडेल ‘निर्जन’
जुन दिनदेखि पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पार्टीको कार्यकारी अध्यक्ष बनाइयो त्यो दिन देखि पार्टी मा किचलो र सरकारलाई हर प्रयत्नले असहयोग गर्ने काम हुँदै आएको छ । अन्तिम अबस्थामा पुगेको पार्टी एकता र भातृ संगठनहरुका एकता प्रचण्ड कार्यकारी अध्यक्ष भएदेखी ठप्प प्राय छन । आजसम्म पार्टीका हरेक गतिबिधिहरु शून्य हुनुमा प्रचण्डको सबैभन्दा ठुलो हात छ । यो अर्थमा पार्टीबाट पहिलो राजिनामा प्रचण्डले दिनुपर्छ ।

बामदेबलाई पार्टीको बिधानमा नै उल्लेख नभएको उपाध्यक्ष पद खडा गरेर जुनदिन देखि उपाध्यक्ष बनाइयो त्यो दिनदेखि कहिले राष्ट्रिय सभा कहिले प्रतिनिधि सभा खोजेर पार्टीभित्र धुव्रिकरण गर्ने काम हुँदै आएको छ । संगठन बिभागको जिम्मेवारी समेत लिएर बसेका बामदेबलाई नेकपाको सदस्य संख्या समेत सायद थाहा नहोला । प्रचण्डपछि दोस्रो राजिनामा बामदेबले दिनुपर्छ ।

राष्ट्रियताको मामिलामा सबैलाई एकजुट बनाउने, सदियौंदेखि गुमेको भुूमि फिर्ता गर्न पहल गर्ने, देश र जनताले लामो समयदेखि महसुश गर्न नपाएको बिकास अब हुन्छ है भन्ने आशा जगाउन सफल हुने, भारतले गर्ने हेपाहा प्रवृत्ति को बिरुद्ध आबाज बुलन्द वनाउने, देशमा कम्युनिस्टहरु एक हुनुपर्छ र मात्र समाजबाद आउँछ भन्ने सोंच बनाएर बाइसे चौबिसे जस्ता पार्टीहरुलाई एक ठाँउमा उभ्याएर नेकपा बनाउन सफल हुने काम गरेको कारण प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलिले तेस्रो राजिनामा दिनु पर्छ ।

उपर्युक्त सबै पात्रहरुले माथी उल्लेखित कारण राजिनामा दिए युवा पुस्ताले सरकार र पार्टी दुबैको नेतृत्व गर्न पाउने कुरामा दुईमत छैन । हामी आम युवाहरु युवा पुस्तामा नेतृत्व हस्तान्तरण भएको हेर्न आतुर छौं ।