नेकपा स्थायी कमिटिको वैठक बस्दै

673
views

काठमाडौं, २०, असार । नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटिको वैठक आज पनि वस्ने भएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा बिहान ११ बजे स्थायी कमिटी बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड निर्णायक छलफलमा जुट्दैछन् । आजको बैठकबाट अध्यक्षद्वयको निर्णायक संवादले विवाद हल हुने अपेक्षा गरिएको छ ।

शुक्रबार भएको छलफल सकारात्मक भएपनि निचोडमा नपुगेकाले दुबै अध्यक्ष छलफलमा जुट्न लागेका हुन् । हिजोको छलफलमा सहमतिको मिलनबिन्दु खोजी गर्न दुवै अध्यक्ष सहमत भए पनि दुवै आ–आफ्नै अडानमा रहेका छन् ।

प्रधानमन्त्री ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै पद कुनै हालतमा पनि नछोड्ने अडान लिदै आएका छन् भने दाहालले दुईमध्ये एक पद नछोडि नहुँने मुडमा देखिन्छन ।

अध्यक्षद्वयको शुक्रबारको भेटमा ओलीले दाहालसँग ‘पार्टी एकता सकेसम्म गर्ने हो । तर पार्टी अहिले फुटे बराबर छ । तपाईंले भोलि कारबाही गर्नुस्, त्यसपछि म अर्काे पार्टी बनाउँछु भन्दै वरिष्ठ नेता माधव नेपाल वा आफ्नो टिममध्ये कुनमा बस्ने रोज्नसमेत आग्रह गरेका थिए । ओलीले अध्यक्ष र प्रधानमन्त्रीको कुरै नर्गन अनुरोध सेमत गरेका छन ।