बझाङ केदारस्युँ गाउँपालिका पहिरोमा चार जनाको शव निकालियो

1082
views

बझाङ, २०, असार । गएराति पहिरोले १७ घर पुरिंदा बेपत्ता भएकामध्ये चार जनाको शव निकालिएको छ । बझाङको केदारस्युँ गाउँपालिका–८ मल्लेसीमा गएको पहिरोमा परेर बेपत्ता भएकामध्ये ४ जनाको शव भेटिएको स्थानीयले बताएका छन् ।

युँ गाउँपालिका–८ मल्लेसीका वडाध्यक्ष गणेश बोहराका अनुसार ‘अहिलेसम्म चार जनाको शव भेटिएको छ’, ‘अझै तीन जना बेपत्ता बेपत्ता छन् । शव भेटिएकामध्य एकै परिवारका तीन जना र अर्का एक जना रहेको उनले जानकारी दिए ।

पहिरोमा ४४ वर्षीय राममती देवी जेठारा, उनका १२ वर्षीय छोरा प्रयाग जेठारा र १३ वर्षीया छोरी अस्मीता जेठाराको शव फेलाको परेको छ । यस्तै केदारस्युँ गाउँपालिका–८ का ८० वर्षीय दले जेठाराको पनि शव भेटिएको छ ।

सो पहिरोमा परी अझै तीन जना बेपत्ता छन् । वडाध्यक्ष बोहराका अनुसार २२ वर्षीय गिरी जेठारा, १५ वर्षीय सन्तु जेठारा र १५ वर्षीय शान्ति जेठारा अझै वेपत्ता छन् ।