थप १४४ जनामा कोरोना पुष्टि

478
views

काठमाडौं, २९, असार । पछिल्लो २४ घण्टामा नयाँ १४४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । यो संगै संक्रमितको संख्या १६ हजार ९ सय ४५ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार सोमबार ५ हजार ८ सय ५६ जनाको कोरोनाको परीक्षण भएको छ । नेपालमा हालसम्म १० हजार २९४ जनालाई कोरोना निको भएको छ ।

प्रवक्ता गौतमका अनुसार हाल २३ हजार ४ सय ७० जना क्वारेन्टाइनमा छन् । हाल ६ हजार ६ सय १३ जनाको कोरोना उपचार भइरहेको छ ।