नेपाल–भारत सीमा तिलाठी डुबानमा

483
views

सप्तरी, ३० असार । नेपाल–भारत सीमा जोडिएको सप्तरीको तिलाठी गाउँ डुबानमा परेको छ । खाँडोखोलामा आएको बाढीले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ तिलाठीको बेल्ही टोल जलमग्न भएको छ । बेल्ही टोलका करिब ५० भन्दा बढी घर डुबानमा परेका छन् ।

लगातारको बर्षाले बेल्हीलाई डुबाएको स्थानीयको भनाई छ । बाढीले बेल्ही भन्सार र बजार पनि डुबानमा परेको छ । सो ठाउँमा रहेको भन्सार कार्यालय, सशस्त्र तथा नेपाल प्रहरीको चौकीसमेत डुबानमा परेको छ । राजविराज–तिलाठी सडकखण्डलाई समेत दुई ठाउँमा बाढीले क्षति पु¥याएको छ ।

खाँडोखोलाको बाढीसँगै करिब आठदेखि १० वटा शवसमेत बगेर आएको लौनियाका गजेन्द्र मण्डलले बताए । बाढीले सयौँ बिघामा लगाइएको धानबालीसमेत डुबानमा परेको छ ।