एक करोड ३२ लाख बढी कोरोना संक्रमित, प्रभावित सूचीमा अमेरिका

456
views

असार ३०, गते । कोरोना भाइरसबाट विश्वभर एक करोड ३२ लाख ३५ हजार सात सय ५१ जना संक्रमित भएका छन् । कोरोनाबाट सबैभन्दा प्रभावित देशको सूचीमा अमेरिका रहदै आएको छ ।

जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अहिलेसम्म कोरोनाका कारण विश्वभर पाँच लाख ७५ हजार पाँच सय ७५ जनाले ज्यान गुमाइसकेका छन् । त्यस्तै, ७६ लाख ९६ हजार तीन सय ८१ कोरोना संक्रमित संक्रमण मुक्त भएर घर फर्किसकेका छन् ।

अमेरिकामा हालसम्म एक लाख ३८ हजार दुई सय ४७ जनाले ज्यान गुमाइसकेका छन् । ब्राजिलमा हालसम्म ७२ हजार नौ सय ७१,भारतमा २३ हजार सात सय २७,रसियामा ११ हजार चार सय ३९ र पेरुमा १२ हजार ५४ जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन् ।