दीपाश्रीलाई माफी दिन राजेश हमालको आग्रह

197
views

काठमाडौं, ३१, असार । अभिनेता महानायक राजेश हमालले सामाजिक सञ्जाल फेसबुकमार्फत् भिडिओ सन्देश जारी गर्दै कलाकार तथा निर्देशक दीपाश्री निरौलालाई माफी दिन अनुरोध गरेका छन् ।

उनले कलाकारलाई उसको सिर्जनात्मक कर्ममा लाग्न सँधै सकारात्मक प्रेरणा दिन पनि अपील गरेका छन् । हमालले राष्ट्रको सिने क्षेत्रका लागि, कला क्षेत्रका लागि, मानवताका लागि अत्यन्तै सकारात्मक भएर दिपाश्रीलाई माफि दिन आग्रह गरेका हुन् ।

दीपाश्री निरौलाले ‘महानायक’का विषयमा विवादास्पद अभिव्यक्ति दिएपछि उनको चौतर्फी आलोचना भइरहेको समयमा हमालको अपिल आएको हो ।