गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार २ सय २८ पुग्यो

629
views

पोखरा, ३१, असार । गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार २ सय २८ पुगेको छ ।

क्षयरोग उपचार केन्द्र पोखरा, भरतपुर अस्पताल चितवन र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परीक्षणमा २५ जनामा संक्रमण देखिएको हो ।

जसमध्ये नवलपुरमा ११ जना, म्याग्दीमा ९ जना, तनहुँमा ३ जना, गोरखा र कास्कीमा १ र १ जनामा कोरोना संक्रमण देखिएको गण्डकी स्वस्थ्य निर्देशनालययका निर्देशक डा. विनोद विन्दु शर्माले बताए ।

नवलपरासीका बावसोतीका २ जना पुरुष, बुलिङटारका ८ जना पुरुष र १ जना महिलामा संक्रमण देखिएको छ । उनीहरु १९ देखी ४८ वर्ष उमेर समुहका छन् । त्यसै गरी म्याग्दीको बेनीका ३ जना पुरुष, मालिकाका ४ जना, रघुगंगामा १ र मंगलामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको शर्माले जानकारी दिए ।

यसैगरी तनहुँको भिमादमा २ र आँबुखैरीनीमा १ जनाा, गोरखाको गोरखा नगरपालिका र कास्कीको पोखरा महानगरपालिकामा १ र १ जनामा कोरोना देखिएको छ ।

गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट निको भई डिस्चार्ज हुनेको संख्या ९२५ पुगेको छ भने ४ जनाको मृत्यु भएको छ ।