जरायोलाई सुपरनेपियर

1319
views

जितेन्द्र थापा
सुर्खेत, ३१, असार । नेपालको एक मात्र संरक्षित क्षेत्र बिश्व सम्पदा सूचिमा सूंचिकृत सुर्खेतको क्राकेबिहार क्षेत्रमा जरायोका लागि सुपरनेपियर घाँसका बिरुवा रोपण गरिएको छ । बीरेन्द्रनगर–९ लाटिकोइलीका युवाहरुको सक्रियतामा जन्ती साल क्षेत्रमा १५ सय सुपर नेपियर घाँसका बिरुवा रोपिएको हो ।

चारैतिर आवादी रहेको चरिचरणको अभाव बढ्दै गएपछि वन्यजन्तु जरायोलाई लक्षित गरि घाँस रोपिएको स्थानिय युवा बसन्त गिरीले जानकारी दिए । रेडियो भेरिका केशव कोइरालाले एक हजार बिरुवा र सुगारिका कृर्षी फर्मका सुशील केसीले पाँच सय बिरुवा सहयोग गरेको अर्का युवा सनम गिरीले बताए ।

वडा अध्यक्ष सुरेश मान्नधर, ऋृषि गिरि, नारायण जिसी, मेघराज गिरी, केशव गिरी, तारा राष्कोटी लगाएतले संयुक्त रुपमा बिरुवा रोपेका हुन् । कार्यक्रममा वडा अध्यक्ष सुरेश मान्नधरले यो वर्ष काक्रेबिहारको चारैतिर कम्पाउन्ड वाल लगाउने तयारी गरिएको बताए । यसले चरिचरणकालागि जरायो लगाएतका वन्य जन्तुकालागि निकै प्रभावकारी हुने बिश्वास गरिएको बताए ।

यसैगरी ऋृषि गिरिले यस बिरुवाको अनेत्र पनि माग भएकाले यसलाई व्यवसायिक रुपमा लैजान सकिने जानकारी दिए । संरक्षणमा लागेका समूहले यसका बिरुवा बेचेर आम्दानी लिन सक्ने उनको भनाई छ । स्थानिय युवा नारायण जिसीले पहिलो चरणमा परिक्षणको रुपमा १५ सय बिरुवा लगाईएको र दोस्रो चरणमा अरु बिरुवा पनि रोप्ने योजना रहेको बताए ।

कार्यक्रममा काक्रेबिहार संरक्षण समितिका अध्यक्ष चन्द्रा श्रेष्ठ, कुन्ति पन्त लगाएतका महिलाको पनि सहभागिता रहेको थियो । यस्तै शिसान्त गरि, अनमोल श्रेष्ठ, अनिल दाहाल, रमेश थापा, सुरेश महतरा, नवराज कार्की, प्रदिप रोकाय, नविन गिरि, रोशन कालीराज लगाएत संरक्षणमा जुटेका युवाका साथै हाम्रो समाज लाटीकोइलीका प्रतिनिधिहरुको पनि उलेख्य सहभागिता रहेको थियो । कार्यक्रममा रमेश गिरी, हेमन्त गिरी, राजन गिरी, पद्मा गिरी लगाएतले यातायात तथा खाजा र पानीको सहयोग गरेका छन् ।