कोरोना संक्रमितको संख्या १७ हजार १७७ पुग्यो, थप एकको मृत्यु

538
views

काठमाडौं, ३१, असार । देशभरका प्रयोगशलामा पाँच हजार ९० जनाको नमुना परीक्षण गर्दा थप ११६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नेपालमा यससँगै कुल संक्रमितको संख्या १७ हजार १७७ पुगेको छ ।

कोरोना संक्रमणका कारण नेपालमा थप एक जनाको मृत्यु भएको छ । रौतहटको परोहा नगरपालिका–७ का ३६ वर्षका पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

उनी कोरोना संक्रमणका कारण भारतको बेंगलोरमा मृत्यु भएका दाइको अन्त्यष्टिमा सहभागी भएर २४ असारमा मात्र घर फर्किएका थिए । उनलाई स्थानीय तहले क्वारेन्टिनमा राखेको थियो । रुघाखोकी, ज्वरोका साथै स्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई असार २९ गते वीरगञ्जस्थित नारायणी अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो ।

उनलाई कोरोना भाइरसको संक्रमण भएको बुधबार मात्र पुष्टि भएको थियो । स्वास्थ्य गम्भीर भएपछि बुधबार नै भेन्टिलेटरमा सारिएको र दिउँसो २ः३० बजेतिर मृत्यु भएको मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३९ पुगेको छ ।

कोरोना संक्रमित मध्ये हालसम्म निको हुनेको संख्या ११ हजार २५ पुगेको मन्त्रालयले जनाएको छ ।