बार्सिलोनामा आउलान त मार्को भेराटी

369
views

काठमाण्डौं । मेसीले ट्वीट गर्दै लिब्जा रेस्टुरेन्टमा सँगै छौँ भनेपछि भेराटीलाई भित्र्याउन मेसी सक्रिय बनेको खुल्न आएको छ । पेरिस सेन्ट जर्मेनका इटालियन मिडफिल्डर मार्को भेराटीलाई बार्सिलोनामा ल्याउन मेसी सक्रिय बनेका छन् । बार्सिलोनाले भेराटीलाई करिब १ सय मिलियन युरोको अफर गर्ने तयारी गरेको छ । भेराटीका एजेन्ट डोनाटो डि काम्पलीले पिएसजीका स्पोर्टिङ डाइरेक्टर अन्टेरो हेनरिकले आफ्नो क्लाइन्टले क्लब छाड्न चोहेको तर यसमा आर्थिक कुरा मुख्य नभएको स्पष्ट पारेका छन् । पिएसजीमा करार अझै चार वर्ष बाँकी रहेका भेराटीलाई मेसीले एक रेस्टुरेन्टमा भेटेको बताइएको छ । मेसीले ट्वीट गर्दै लिब्जा रेस्टुरेन्टमा सँगै छौँ भनेपछि भेराटीलाई भित्र्याउन मेसी सक्रिय बनेको खुल्न आएको हो ।