कृषि ज्ञान केन्द्र पर्वतले गर्यो ९० प्रतिशत प्रगति हासिल

456
views

पर्वत, १, साउन । कृषि ज्ञान केन्द्र, पर्वतले आर्थिक वर्ष २०७६ र ७७ मा सम्पन्न कार्यक्रमहरुको सार्वजनिक सुनुवाई गरेको छ ।

आ.व. ०७६ र ७७ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत कृषि ज्ञान केन्द्र, पर्वतले केन्द्रीय सरकार र प्रदेश सरकारबाट प्राप्त बजेट मध्ये ८९.३५ प्रतिशत अर्थात ९० प्रतिशत प्रगति हासिल गर्न सफल भएको जानकारी गराएको छ ।

केन्द्र र प्रदेश सरकारबाट प्राप्त कुल बजेट रु २५ करोड ७२ लाख ८४ हजार मध्ये २२ करोड ९९ लाख २ हजार ७ सय ४८ रुपैयाँ खर्च भएको कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख बासुदेव रेग्मीले सार्वजनिक गरेका थिए ।

त्यस्तै प्रदेश सरकारबाट प्राप्त ५ करोड ८२ लाख ५८ हजार बजेट मध्ये ५ करोड १७ लाख ६३ हजार ७ सय ८० रुपैयाँ खर्च भएको छ भने केन्द्र सरकारबाट प्राप्त १९ करोड ९० लाख २६ हजार मध्ये १७ करोड ८१ लाख ३८ हजार ९ सय ६८ खर्च भएको कृषि ज्ञान केन्द्र पर्वतका सूचना अधिकारी कृषि प्रसार अधिकृत विश्वास काफ्लेले जानकारी दिए ।