नेपालको अयोध्यापुरी पुग्यो पुरातत्वको टोली

1858
views

चितवन, १, साउन । भगवान रामको जन्म नेपालको अयोध्यापुरीमा भएको भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति सार्वजनिक भएपछि पुरतत्व विभागको टोली चितवनको माडी अयोध्यापुरी पुगेको छ ।

विभागको टोलीले अनुसन्धानमा चासो देखाएको छ, पर्सा र चितवनको ठोरीनजिकै रामको जन्म भएको भनिए पनि चितवनको माडी क्षेत्रमा नै सयौँ वर्ष पुराना भौतिक सामग्री रहेकाले यहीँ हुनसक्ने यहाँका स्थानीयले बताएका छन् ।

माडी नगरपालिकाका प्रमुख ठाकुरप्रसाद ढकालले अयोध्यापुरी क्षेत्रको अनुसन्धान गर्न पुरातत्त्व विभागको टोलीले शुक्रबारबाट काम थाल्ने बताए ।

टोली बिहीबार चितवन आइपुगेको र शुक्रबारबाट सम्भावित क्षेत्रको अनुसन्धानमा लाग्ने जनाइएको छ ।

’रामको जन्म माडी क्षेत्रमा हुन सक्ने प्रमाणहरू रहेको पनि स्थानीयको दाबी छ । नगरपालिकाको वडा नं. १ वाल्मिकी क्षेत्रमा लवकुशको घोडा बाँध्ने स्थान, कुवा, सीता पाताल भासिएको स्थान, लवकुश खेल्ने स्थान, त्यहाँ भेटिएका प्रमाणहरू र धार्मिक ग्रन्थमा उल्लेख भएका विषय मिल्ने गरेको नगरपालिका प्रमुख ढकालको जिकिर छ ।

यसैबीच माडी नगरपालिकाले संस्कृतमा आचार्य गरेकाहरूसँग पनि बिहीबार छलफल गरेको छ ।