सैनिक प्रवक्ताको कार्यभार पौडेललाई

911
views

काठमाडौं, ३, साउन । नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सहायक रथी सन्तोष बल्लभ पौडेललाई दिइएको छ । जनसम्पर्क तथा सूचना निर्देशनालयका निर्देशक एवं सहायक रथी बिज्ञान देव पाण्डे प्रवक्ता थिए ।

२०७५ चैत्र २९ गतेबाट सैनिक प्रवक्ताको कार्यभार सम्हालेका थिए । सैनिक प्रवक्ताको कार्यभार हस्तान्तरण गर्दै सहायक रथी बिज्ञान देव पाण्डेले आफ्नो कार्यकालमा सहयोगी भूमिका निभाउने सञ्चारमाध्यम, पत्रकारप्रति आभार व्यक्त गरेका छन् ।

उनले भनेका छन् प्रेस जगतको निष्पक्ष र वस्तुगत रिपोर्टिङ्गले नेपाली सेनालाई आफ्नो कर्तव्यपथमा निर्भिक र जिम्मेवार भएर अघि बढ्न सहयोग प्राप्त भएको उल्लेख गरे ।