सुनसरीको सीमावर्ती क्षेत्रमा गोली चल्यो

609
views

विराटनगर, ३ साउन । सुनसरीको सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एकजना गम्भिर घाइते भएका छन् । शुक्रबार राति करिब १० बजे सुनसरीको हरिनगर गाउँपालिका–७ जटबरा स्थित दशगजा क्षेत्रमा सुरक्षाका लागि खटिएको सशस्त्र प्रहरीमाथि भारतबाट आएको समुहले ढुंगामुढा गरेपछि प्रहरीले चलाएको गोली लागेर हरिनगर गाउँपालिका– ७ सुकुम्बासी टोलका २० वर्षिय सहजब जट गम्भिर घाइते भएका छन् ।

पेटमा गोली लागेर घाइते भएका जटको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको सशस्त्र प्रहरी ४ नम्बर गण सुनसरी उपरीक्षक कृष्ण ढकालले जानकारी दिए ।

सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट घुस्कीबाट डिउटीमा खटिएको प्रहरी जवान जीवराम बिशंखेमाथि तस्करको समुहले बाँस र ढुंगा प्रहार गरेपछि प्रहरीले एकराउण्ड फायर गरेको थियो । बिहीबार राति हरिनगरमा नेपाल प्रहरी र अपराधिक समूहबीच गोली हानाहान भएको थियो । घटनामा २ जना घाइते भएका थिए ।