निजी विद्यालयले गरे कक्षा सञ्चालनको माग

492
views

महेन्द्र जिसी
पर्वत, ३, साउन । सरकारले देश भरका र निजी शैक्षिक संस्थाले अनलाईन कक्षा रोक्ने निर्णय गरेपछि पर्वतमा निजी शैक्षिक संस्थाहरुले स्थानीय सरकार समक्ष ज्ञापन पत्र बुझाएका छन ।

विद्यालय सञ्चालनको माग गर्दै स्थानीय सरकारका प्रमुखलाई ज्ञापन पत्र बुझाएका हुन ।शिक्षा स्थानीय सरकारको दायित्वभित्र पर्ने भन्दै कक्षा नियमित गराउनु पर्ने माग सहित ज्ञापन पत्र बुझाएका हुन ।

स्थानीय सरकारले नै शिक्षाको दायित्व लिने अधिकार रहेको हुँदा सबै स्थानीय सरकारहरुलाई ज्ञापन पत्र बुझाइएको हो । विद्यालयहरुले सञ्चालन गरीरहेको अनलाईन कक्षा सञ्चालन गर्न पाउनुपर्ने र कक्षा सञ्चालन गरीरहेका शिक्षकको पारीश्रमिकको निम्ती पनि न्युनतम शुल्क उठाउन पाउनु पर्ने माग राख्दै देशैभर प्यावसनको निर्णय अनुसार ज्ञापन पत्र बुझाइएको प्याव्सन केन्द्रीय सदस्य बसन्त कर्माचार्यले जानकारी दिए ।

४१ संस्थागत विद्यालय रहेको पर्वतमा कुश्मा मात्रै १५ संस्थागत विद्यालय रहेका छन । धेरै संस्थागत विद्यालय रहेको नगरपालिकाले नै संस्थागत शिक्षाको विकासको लागि नियम बनाएर शैक्षिक संस्थाहरु निरन्तर गराउनु पर्ने संस्थागत विद्यालयहरुको माग रहेको छ ।

पर्वतमा सात स्थानीय सकार रहेका छन भने सामुदायीक संस्थागत विद्यालयहरुको दायीत्य स्थानीय सरकारहरुलाई प्राप्त भएको हँुदा नियमीत कक्षा सञ्चालनको माग सरोकारवाला सबैले उठाउँदै आएका छन । पालिकाहरुले भने केन्द्र सरकारको निर्णय कुरेर वसेको जनाएका छन ।