पर्वतको पैयूँ गाउँपालिकाको क्वारेन्टिनमा बसेका एक व्यक्तिको मृत्यु

1175
views

पर्वत, ३, साउन । पर्वतको पैयूँ गाउँपालिकाको क्वारेन्टिनमा बस्दै आएका एक व्यक्तिको मृत्यु भएको छ । पैयूँ गाउँपालिका वडा नम्बर–६ सरौखोला अस्थायी घर भएका ५२ वर्षीय पुरुषको शुक्रबार राति मृत्यु भएको हो ।

भारतबाट नेपाल आएका उनी जिल्ला सदरमुकाम कुश्माको क्वारेन्टिनमा बसेर पिसीआर रिपोर्ट नेगेटिभ आएपछि गाउँ पठाइएको थियो । सिसिएमसिको निणर्य अनुसार पिसीआर रिपोर्ट नेगेटिभ आएकालाई गाउँ ल्याएर पुन पालिकाको क्वारेन्टिनमा राखिन्छ ।

पालिकाकाको क्वारेन्टिनमा बस्दै आएका उनको स्वास्थ्यमा अचानक समस्या देखिएपछि उपचारको लागि पोखरा पठाइएको थियो । उपचारको लागि पोखरा स्थित गण्डकी अस्पतालमा लैजादा अस्पतालले मृत्यु भएको घोषणा गरेको पैयूँ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पुण्य न्यौपानेले बताए । उनका अनुसार मृतकको पिसीआर टेस्ट पुन गरिदै छ ।