नुवाकोटमा विपद पूर्वतयारीका लागि राहत सामग्री व्यवस्था

766
views

नुवाकोट, ३, साउन । नुवाकोटमा मनसूनजन्य विपदको अवस्थामा तत्काल खोज, उद्धार र राहत वितरणलाई प्रभावकारी बनाउने उद्वेश्यले मनसूनजन्य विपद पूर्वतयारीका लागि राहत सामग्रीको व्यवस्था गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय नुवाकोटको पहलमा वाग्मती प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयसंगको समन्वयमा प्रदेश आपतकालिन केन्द्रमा रहेको गोदाम घरबाट ५०० थान त्रिपाल र ४० थान टेण्ट जिल्ला आपताकालिन कार्यसञ्चालन केन्द्रमा ल्याइएको प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले जानकारी दिए ।

उक्त सामग्रीहरु जिल्ला विपद व्यवस्थापन समितिको निर्णयानुसार विपदबाट प्रभावित व्यक्ति तथा परिवारहरुलाई वितरण गरिने ढकालले बताए ।

नुवाकोट, धादिङ र रसुवा जिल्लाका लागि नुवाकोटमा आपतकालिन गोदामघर निर्माण
यसैबीच वाग्मती प्रदेश अन्तर्गत पर्ने धादिङ, नुवाकोट र रसुवा जिल्लाको विपद जोखिमको अवस्थालाई मध्यनजर गर्दै वाग्मती प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट चालू आर्थिक वर्षमा नुवाकोट जिल्लामा आपतकालिन गोदामघर निर्माण र स्थापना गरिने भएको छ ।

जसको निर्माणपश्चात् आगामी दिनमा सम्भावित विपदको अवस्थामा तत्काल खोज, उद्धार र राहत वितरणको कार्य प्रभावकारी बनाई जनधनको क्षति न्यूनिकरण गर्न सकिने प्रजिअ ढकालले बताए ।