नारायणगढ– मुग्लिन सडक पूर्णरुपमा बन्द

684
views

चितवन, ५ साउन । केहि दिनदेखि परिरहेको अविरल वर्षाका कारण पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक पूर्णरुपमा बन्द भएको छ ।

ईच्छाकामना गाउँपालिका वडा नं–६ चार किलो नजिकै सोमबार बिहान ठूलो पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक पूर्णरुपमा बन्द भएको हो ।

अहिले पनि पहिरो खसिरहेकोले तत्काल पहिरो हटाउन कठिनाइ भइरहेको प्रहरीले जनाएको छ । बाटो खुलाउने तर्फ आवश्यक प्रयास भैरहेको पनि प्रहरीले बताएको छ ।