पर्वतमा पहिलोपटक ‘रोटा खोप’ लगाइयो

870
views

महेन्द्र जिसी
पर्वत, ३, साउन । नेपालमा पहिलोपटक झाडापखाला विरुद्धको शुरु भएको ‘रोटा खोप’ पर्वतमा पहिलोपटक शुरु भएको छ । बच्चा जन्मेको ६ सातामा पहिलो मात्रा र १० सातामा दोस्रो मात्रा दिइने यो खोप पहिलोपटक कुश्मा नगरपालिकाबाट शुरु गरीएको हो । जन्मेदेखी पाँच वर्षमुनिका बालबालिकामा देखिने झाडापखालाको प्रमुख कारणमध्ये रोटा भाइरस एक रहेको भन्दै पहिलो पटक लगाउन थालिएको जिल्ला जनस्वाथ्य कार्यालय पर्वतले जनाएको छ ।

बालबालिकालाई झाडापखला लगायत नयाँ रोगविरुद्धको लडने क्षमताको विकास गराउन पनि खोप अनिवार्य रहेको चिकित्सकहरुले जनाएका छन । पहिलोपटक खोप लगाउँदै कुश्मा नगरस्वाथ्य अधिकृत उमाकान्त सापकोटाले रोटा विरुद्धको खोपले झाडापखला बाहेक अन्य रोग विरुद्ध लड्ने क्षमताको विकास गराउन पनि बालबालिकाहरुलाई अनिवार्य खोप लगाउन आवश्यक रहेको बताए ।

खोप तीन दिनसम्म जारी रहने नगरपालिकाले जनाएको छ । खोप केन्द्र मार्फत नै नियमीत खोप जस्तै गरी लगाउने गरी तयारी भईरहको सापकोटाले बताए ।

१४ वडा रहेको कुश्मा नगरपालिकामा ३४ खोप केन्द्र रहेका छन भने नगरभरी ९३६ वलावालिकाहरुलाई खोप लगाउने तयारी भईरहेको छ । सरकारले क्षयरोग, भ्यागुते रोग, लहरेखोकी, धनुषटंकार, हेपाटाइटिस ‘बि’, हेमोफिलस इन्फ्ल्युएन्जा बी, पोलियो, दादुरा, रुबेला, निमोनिया र जापानिज इन्सेफलाइटिसविरुद्धको खोप तथा गर्भवती महिलाका लागि धनुष्टंकार र भ्यागुते रोगविरुद्धको टिडी खोप मात्रा निःशुल्क उपलब्ध गराउँदै आएका थियो । झाडा पखला विरुद्धको रोटा यो पहिलो पटक लगाउन थालिएको हो ।