माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक (यसरी हेर्नुहोस नतिजा)

980
views

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको नतिजा शुक्रबार प्रकाशित भएको छ । नियमिततर्फ ४ लाख ४५ हजार ५६४ जना उत्तीर्ण भएका छन् भने एक्जाम्टेड तर्फ १६ हजार ५७२ जना उत्तीर्ण भएका छन् ।

यस वर्षको एसईई परीक्षामा ४ लाख ६२ हजार १३६ जना परीक्षार्थी संलग्न थिए । परीक्षामा संलग्न सबै उत्तीर्ण भएका छन् । ग्रेडिङ प्रणालीमा नतिजा प्रकाशित भएकाले कोही पनि फेल नहुने परीक्षा बोर्डले जनाएको छ ।

सार्वजनिक भएको नतिजा अनुसार जीपीए ३.६५ देखि ४ सम्म १२ हजार २ सय ८४ जना उत्तीर्ण भएका छन् ।त्यसैगरी जीपीए ३.२५ देखि ३.६० सम्म ४२ हजार ४ सय २७ विद्यार्थी उत्तीर्ण भएका छन् ।

त्यस्तै जीपीए २.८५ देखि ३.२० सम्म ५० हजार ५ सय ४६ जना उत्तीर्ण भएका छन् भने जीपीए २.४५ देखि २.८० सम्म ६१ हजार ९ सय ५५ जना उत्तीर्ण भएका छन् ।

परीक्षाको नतिजा हेर्नका लागि १६०० मा डायल गर्न सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । त्यसैगरी एसएमएस र इन्टरनेटको माध्यमबाट पनि नतिजा हेर्न सकिने छ ।

परीक्षा नियन्त्रण कार्यालय र नेपाल टेलिकमको वेबसाईटमा नतिजा राखिएको परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिए ।

नतिजाका लागि परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरको बेवसाइट www.soce.gov.np मा हेर्न सकिने बोर्डले जनाएको छ । त्यस्तै शिक्षा मन्त्रालयको www.doe.gov.np, शिक्षा विभाग सानोठिमी भक्तपुरको www.doe.gov.np, राष्ट्रिय परिक्षा वोर्ड सानोठिमी भक्तपुरको www.neb.gov.np र एनसेल प्रा. ली.को  www.ncell.axiata.com मा गएर पनि परीक्षाको नतिजा हेर्न सकिने बोर्डले जनाएको छ ।

यसपटक परीक्षा बोर्डले सातवटै प्रदेशमा प्रदेशगत रुपमा नतिजा प्रकाशन गरेको जनाएको छ । नतिजामा चित्त नबुझ्ने परीक्षार्थीले १५ दिनभित्र पुनर्योगका लागि निवेदन दिन सक्नेछन् ।