विप्लव समूहद्वारा आज सुदूरपश्चिम बन्द

662
views

कैलाली, ६, साउन । नेत्र विक्रम चन्द नेतृत्वको नेकपाले आज सुदुरपश्चिम बन्द गरेको छ । वन्दका क्रममा आज विहान सुदूरपश्चिम प्रदेशका तीन मन्त्रालय र प्रदेश सभा नजिक शंकास्पद बस्तु फेला परेको छ ।

सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय र प्रदेश सभा नजिक बम जस्तै देखिने शंकास्पद बस्तु फेला परेको हो ।

नेपाली सेनाले बम जस्तै देखिने उक्त शंकास्पद बस्तु डिस्पोजको तयारी गरिरहेको जिल्ला प्रहरीले बताएको छ । आफ्ना नेता तथा कार्यकर्तालाई कृत्रिम मुद्दा बनाएर पक्राउ गरेको भन्दै नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सेती–महाकाली ब्यूरोले संघर्षका कार्यक्रम सार्वजनिक गरेको थियो ।

रचनात्मक ढंगले कामकारवाही गरिरहेको बेला सरकारले गैरन्यायिक तरिकाले धनगढीबाट पक्राउ गरेका आफ्ना नेताकार्यकर्ता रिहा नगरेको भन्दै संघर्षका कार्यक्रम सार्वजनिक गरिएको हो ।