कोरोनाले थप एकको मृत्यु, मृतकको संख्या ४१ पुग्यो

453
views

काठमाडौं, ७, साउन । नेपालमा कोरोना भाइरसबाट थप एकजनाले ज्यान गुमाएका छन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना भाइरसको उपचार गराउँदै आएका महोत्तरीका एक वृद्धको मृत्यु भएसंगै कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या ४१ पुगेको छ ।

सात दिन अगाडी मात्रै कोरोना पुष्टि भएका महोत्तरीका ६० वर्षीय शशि भुषण झाको मंगलबार राति अस्पतालको आइसोलेसनमा निधन भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

पिसिआर परिक्षणमा कोरोना पोजेटिभ देखिएको मृतकको शव अहिले अस्पतालमै रहेको र शव व्यवस्थापन र दाहसंस्कारका लागि आवश्यक तयारी भइरहेको समेत स्रोतको भनाई छ ।