त्रिवि मातहतका क्याम्पस खुल्ने, भदौँ ७ बाट परीक्षा

785
views

काठमाडौँ, साउन ७ गते । त्रिभुवन विश्वविद्यालय मातहतका क्याम्पसहरु आजदेखि खुल्ने भएका छन् । विश्वविद्यालयले नेपाल सरकारले जारी गरेको सुरक्षा निर्देशिकालाई कार्यान्वयन गर्दै क्याम्पस सञ्चालनमा ल्याउने निर्णय गरेको छ ।

सरकारले कोरोना भाइरस (कोभिड –१९) को संक्रमणका कारण चैत ११ देखि लगाएको बन्दाबन्दी खुला गर्ने निर्णय लिए लगतै विश्वविद्यालय आफ्नो नियमित कार्यक्रमलाई सुचारु राख्ने निर्णय गरेको विश्वविद्यालयले जनाएको छ ।

स्थगित परीक्षा भदौ ७ बाट शुरु

यसैवीच, विश्वविद्यालयले कोरोना भाइरसका कारण स्थगित परीक्षा भदौ ७ गतेबाट सुचारु गर्ने पनि निर्णय गरेको छ ।

त्रिविका रजिष्ट्रार प्रा. पेशल दाहालका अनुसार स्थगित परीक्षा दशैं अघि सक्ने र दशैंपछि अन्य नियमित परीक्षा गर्ने तयारी त्रिविको छ ।