विश्वभर डेढ करोड बढी कोरोना संक्रमित

461
views

काठमाडौं, ८ साउन । विश्वभर कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या डेढ करोड नाघेको छ । पछिल्लो तथ्यांक अनुसार विश्वभर संक्रमित संख्या एक करोड ५३ लाख ७३ हजार छ सय छ ।

कुल संक्रमितमध्ये छ लाख ३० हजार एक सयजनाको मृत्यु भइसकेको छ । संक्रमितमध्ये ९३ लाख ४९ हजारलाई निको भएको छ ।

सबैभन्दा बढी अमेरिकामा ४१ लाख संक्रमित छन् । जसमध्ये एक लाख ४६ हजारको मृत्यु भएको छ । ब्राजिलमा २२ लाख ३१ हजार संक्रमितमध्ये ८२ हजारको मृत्यु भएको छ । भारतमा १२ लाख ३९ हजार संक्रमितमध्ये २९ हजार ८ सय जनाको मृत्यु भएको छ ।

रुसमा ७ लाख ८९ हजार संक्रमितमध्ये १२ हजार ७ सयको मृत्यु भइसकेको छ । दक्षिण अफ्रिकामा ३ लाख ९४ हजार संक्रमितमध्ये ५ हजार ९ सयको मृत्यु भएको छ ।