कोरोनाले मृत्यु हुनेको संख्या ४३ पुग्यो

1193
views

काठमाडौं, ८, साउन । नेपालमा कोरोना भाइरस (कोभिड (१९) को संक्रमणबाट ४३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बिहीबार वीरगञ्जमा एक जनाको मृत्यु भएसँगै मृतकको संख्या ४३ पुगेको पुष्टि गरे ।

वीरगन्जको माइस्थानका ४० वर्षीय ति पुरुषको साउन ७ गते मृत्यु भएको हो । बुधबार धनुषाका ६० वर्षीय एक पुरुष र ४९ वर्षीया एक चिनियाँ महिलाको कोरोनाबाट मृत्यु भएको थियो ।

बिहीबार थप १४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा कुल संक्रमितको संख्या १८ हजार दुई सय ४१ पुगेको छ । बुधबार १०० र मंगलबार १५० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १५६ जनाले कोरोना जितेका छन । यो सहित कोरोना जित्नेको कुल संख्या १२ हजार आठ सय ४० पुगेको छ ।