ओलीलाई प्रधानमन्त्रीबाट हटाउन बाबुरामको प्रस्ताव

593
views

काठमाडौं, ९ साउन । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश गम्भीर संकटमा जान लागेको भन्दै संकटमोचनका लागि पाँच प्रस्ताव सारेका छन् । डा. भट्टराईले संसद अधिवेशन बोलाएर लोकतान्त्रिक ढंगले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउन प्रस्ताव गरेका छन् ।

उनले केपी ओलीलाई विदा गरेर नेकपाभित्रैबाट नयाँ प्रधानमन्त्री चयन गर्न र अपराधका संरक्षक न्यायाधीशमाथि महाभियोग लगाऊन पनि प्रस्ताव गरेका छन् । जनता समाजवादी पार्टीका वरिष्ठ नेता समेत रहेका बाबुरामको सामाजिक सञ्जाल ट्वीटरमार्फत् पछिल्लो प्रस्ताव सार्वजनिक गरेपछि यसलाई अर्थपूणिका रुपमा हेरिएको छ ।

यसैगरी, डा. भट्टराईले अपराधका संरक्षक न्यायाधीशमाथि महाभियोग लगाउन प्रस्ताव गरेका छन् । श्रीमती हत्याको अभियोगमा जेल परेका पूर्व डिआइजी रञ्जन कोइरालाको सजाय घटाउने फैसला प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र तेजबहादुर केसीको संयुक्त इजलाशले गरेको थियो । बाबुरामको संकेत दुवै न्यायाधीशतर्फ थियो ।

यसैगरी, डा. भट्टराईले भ्रष्टाचार रोक्न शक्तिशाली लोकपाल गठन गर्न प्रस्ताव गरेका छन् । उनले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था समेत प्रस्ताव गरेका छन् ।