विश्वभर कोरोना संक्रमित एक करोड ६२ लाख पुगे

476
views

काठमाडौं, ११, साउन । कोरोना भाइरस संक्रमणको कारण विश्वभर ६ लाख ४८ हजार चार सय ४५ जनाको मृत्यु भएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जारी गरेको तथ्याङक अनुसार विश्वभरीमा एक करोड ६२ लाख चार सय ४५ जना कोरोना संक्रमित फेला परेका छन। संक्रमित मध्ये हालसम्म ९९ लाख १३ हजार दुई सय ३२ जना कोरोना मुक्त भएका छन् ।

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र एक लाख ४९ हजार तीन सय ९८ जनाले कोरोनाकै कारण ज्यान गुमाइसकेका छन् ।

त्यस्तै,ब्राजिलमा ८६ हजार चार सय ९६, भारतमा ३२ हजार ९६ले कोरोनाकै कारण ज्यान गुमाईसकेका छन् । नेपालमा भने आइतबारसम्म देशभित्र ४५ जना र देश बाहिर भने एक सय ६१ जनाले कारोनाबाट ज्यान गुमाएका छन् ।