सुर्धिनुहोस नेता ज्यु ,सक्किएर जानु होला

864
views

 

गणेश बुढा (कर्णालि)
आजको समयमा नेपाली जनताले जे जस्ता समस्या भोगी रहनुभएको छ ति सबै समस्याहरु राजनीतिक कारणले गर्दा हो । आन्दोलन भनौ वा जनक्रान्ती भनौ सिधा सादा जनतालाई प्रयोग गरि राजा राणा पन्चायत हुदै बहुदलीय लोकतान्त्रिक नौलो जनवाद सम्म पनि हरेक हिसाब मा जनताले साथ सहयोग दिदै आईरहेको कुरा घाम झै छर्लङ्ग छ।

त्यती हुदै गर्दा सबै खालको ब्यथिती बिसङती भ्रष्टाचार एकात्मक शासन ब्यबस्था राजा, राणा र पन्चायत ले गरेका हुन यि सबैको अन्य हामी गर्छौ भन्दा जनताले साथ सहयोग गरेकै हुन सोझा जन्नतालाई प्रयोग गरि हजारौं जनता सरकार पक्ष बाट होस या बिद्रोहि पक्षबाट मार्नु भएको छ ।

कति आमाका कोख रित्तिएका छन ,सिन्दुर पुछिएका छन ,कयौं का छोरा छोरी टुहुरा भएका छन वास्तव मा नेपाली जनता ले के पाय आज आएर नेपाली जनता बिदेश को भुमिमा ४५ डिग्रिको घाममा काम गर्न बाध्य छन नेपाली चेली बिदेशी भुमिमा बेचिन बाध्य छन । कत्ती नेपाली बिदेशी भुमिमा गुलामी भएर बस्न बाध्य छन , अनि मर्न बाध्य छ्न नेपाली चेलीबेटी हरु बिदेशी डिस्को बार मा नाच्न बाध्य छन ,अनि आफ्नो परिवार र आफन्त बाट टाढिन परेको छ यस्ता समस्या नेपाली समाज को वास्तविकता र यथार्थता हो ।

नेपाल मा भएका उधोग धन्दा कलकारखाना बिदेशी ईसारामा बन्द गराउनु भएको छ नेपाल मा रोजगारी छैन आफ्नो जिबिको पार्जन गर्न ,जिवन जिउन को लागी पराईको भुमिमा जान बाध्य बनाईएको छ। नेपाली भुमिमा जन्म लिदै गर्दा जन्मथलो नेपाल भएपनी कर्मथलो बिदेशी भुमी लिएर जन्मिनु यो प्रत्येक नेपालि को वास्तविक ता हो । नेपाली जनताले बाच्न त के मर्न पनि आफ्नो देश मा पाउदैनन नेपाली दाजु भाई दिदिबहिनी हरु को अहिलेको वास्तविक नेपाली जनता को समस्या हो । यति धेरै त्याग तपस्या बलिदान गरेर अहिले को स्थितिमा आईसक्दा पनि पैसा को लोभ मा बिदेशी नागरिकलाई लाई नागरिकता दिई नेपाली नागरिक बनाउदै हुनुहुन्छ । चुनाव जित्यौँ भनी सोझा जनता माथि शासन गरिरहनु भएको छ । महोदय । वास्तबिक नेपाली त बिदेशी भुमिमा ४५डिग्रि घाम मा काम गर्न बाध्य छ सरकार
कम्युनिस्टहरु सरकार मा पुग्दा कुनै पनि जनताले दुख पाउदैनन समाज मा सबैको अधिकार बराबर हुन्छ । हेपिएर दबिएर बस्नु पर्दैन देश को मुहार फेरिन्छ भन्नुभएको थियो के मुहार फेर्नु भनेको नेपाली जनतालाई बिदेशी भुमिमा बेच्नु हो रुरु निर्मला पन्त जस्ता दिदि बहिनिहरुको बलात्कार पछि हत्या गर्नेलाई छुटु दिनु , ह्वाईट्बढी काण्ड ,बालुवाटार जग्गा काण्ड ,३३किलो सुन काण्ड ,मेलम्ची खानेपानी काण्ड जस्ता कार्यहरु गरेर देश को मुहार फेरेको मान्नुहुन्छ भने नेपाली जनताले भन्नु केहि छैन तर वास्तविकता यो नहोला अब धेरै भन्नु भन्दा पनि अन्तिममा आएर यो बुझ्न जरुरी छ। हजुर ले देश माथी गद्दारी गर्नुभएको छ ,धोका दिनु भएको छ।

नेपाली जनताले जव हजुरलाई दलाल भ्रष्टाचारि चोर, फटाह,रास्ट्रघाति,माफिया, तस्कर ,ज्यानमारा हुन भनेर जनताले बुझी सकेपछि तपाईहरुको स्थान कहाँ रहला के गरेर खानुहोला कृषि गरेर खाने क्षमता छैन जनताले हजुरहरुलाई नेता मान्दैनन भने समाज र देश मा कुनै पनि खालको स्थान रहने छैन हजुरले गरेका कामले झोले कार्यकता देश बेचुवा दलाल त खुसी होलान तर सच्चा देश भक्त जनता ,नागरिक खुसी हुन सक्दैनन र छैनन् ।

त्यसैले कालान्तरमा आएर सच्चा देश भक्त नागरिक ,सुरक्षा कर्मी बाट मारिएको खबर इतिहास नबनोस, या बिभिन्न समाचार माध्यम बाट सुन्न र देख्न नपरोस यस्लाई रोक्ने कि के गर्ने हजुरहरुकै हात मा छ ।