कर्णालीमा २८ कोरोना संक्रमित, ५ जना डिस्चार्ज

646
views

सुर्खेत ।
कर्णालीमा आइतबार कोरोना संक्रमण हुनेको सङख्या २८ रहेको र पाँचजना डिस्चार्ज भएका छन् ।

प्रदेश अस्पताल र पशुपंछि अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परिक्षण्मा सुर्खेतका ३ मध्ये भेरिगंगा नगरपालिका वडा नम्बर १२ का ५० वर्षिय पुरुष र १३ वर्षिय १ जना वालिका र पञ्चपुरि नगरपालिका ५ कि २५ वर्षिय महिलामा कोरोना पुष्टि भएको छ । साथै दुल्लु नगरपालिका ५ दैलेखका २३ वर्षिय एक पुरुषमा कोरोना पुष्टि भएको सामाजिक विकाशमन्त्रालयको स्वास्थ्य महाशाखाले जनाएको छ ।

यस्तै दैलेख अस्पताल दैलेखमा गरिएको परिक्षणमा २४ जनामा कोरोना पुष्टि भएको छ जस्मा नारायण नगरपालिका वडा नं १ मा ३ जना पुरुष १ महिला,नाराण २ मा १ पुरुष १ महिला, नारायण ४ मा ४ महिला, नाराण ६ मा ७ वर्षिय एक बालक सँगै ३ महिला, नारायण ८ मा ३ जना पुरुष र चारजना महिलामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य महाशाखाले जनाएको छ ।

यस्तै क्रमश नारायण नगरपालिका ९, ११, १२, का ५६, ३० वर्षका दुइजना पुरुष र २२ वर्षिय एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै कर्णालीमा कोरोना संक्रिमित हुनेकोसंख्या एक हजार आठसय ७९ जना पुगेका छन् ।

यो सँगै आइतबार डिस्चार्ज हुने मध्ये दैलेख अस्पताल÷नारायण आइसोलेसन सेन्टर दैेलेखबाट ३ जना पुरुष त्यस्तै प्रदेश अस्पताल सुर्खेतबाट १ जना पुरष, लेकबेँसि आइसोलेसन सेन्टरबाट एक पुरुष रहेका छन् यो सँगै कर्णालीमा डिस्चार्ज हुनेको संख्या एक हजार छ सय ४४ जना रहेको सामाजिक विकाश मन्त्रालय अन्तर्गतकोे स्वास्थ्य महाशाखाले जनाएको छ ।