कैलालीका नदिहरुमा पानीको बहाव उच्च,आसपासका घरहरु जेखिममा

857
views

प्रशान्त डि सि
कैलाली, १४, साउन ।  लगातरको अविरल बर्षाका कारण बुधबार कैलालीका नदिहरुमा पानीको बहाव बढेको छ।

मंगलबार साझ देखि लगातार परिरहेको पानीले कैलालीको घोडाघोडी नगरपालिकामा पर्ने डोडा नदिमा पनि पानीको बाहव उच्च रहेको छ । यस नदिमा घोडाघोडी नगरपालिका वडा नंम्बर ८, १, ३, ५,र ७ जोडिएको छ्न बर्ष पिच्छे नदिले आसपासमा पर्ने जग्गा कटान गर्दा स्थानीय बासिन्दाहरु चिन्तित भएका छ्न ।

वडा नम्बर ८ का स्थानिय सुनिल बोहरा भने,पानी परिरहेको छ राती सुतिरहेको बेला नदि घरतिर आउँछ कि भन्ने डरले निन्द्रा नै लाग्दैन ूसरकारका जनप्रतिनिधिले नदिको किनारामा तटबन्ध लगाउछु भनेर चुनावको बेला भनेको तर यति बर्ष भैसक्दा पनि कुनै चासो नदेखाएको उनले बताए ।

यस्तै वडा नम्बर १ मा पर्ने बेलार मा पनि नदि ले गाउतिर कटान गर्दा त्यहाँका स्थानीय पनि चिन्तित बनेका छन । उनिहरुले आफुहरुको समस्या सरकारले नहेरेको गुनासो समेत गरेका छ्न । तर उता वडा नम्बर १ का जनप्रतिनिधि भने तटबन्धको लागि पहल भैरहेको बताउछ्न । के अब बर्षा सकिएपछी स्थानीयको क्षति भैसकेपछी बन्छ त नदिको बिकल्प प्रश्न उठ्ने गरेको छ । यसप्रती समयमै सरोकारवालाहरुको ध्यानाकर्षण भएपछी जन्ताले राहत पाउन सक्छ्न ,स्थानीय बासिन्दाले नदि रोकथाम को लागि पहल गर्न समेत स्थानियले आग्रह गरेका छ्न ।