कोरोना संक्रमण बढ्दै, बुधबारमात्र २ सय १० जना थपिए

410
views

काठमाडौं १४, साउन ।  नेपालमा बुधबार २ सय १० जना कोरोना भाइरस संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्‍वर गौतमले उक्त कुराको जानकारी दिएका हुन्। गौतमका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ३७ जनाको पिसिआर परीक्षण गरिएको छ। हालसम्म ३ लाख ५८ हजार ३ सय ४४ जनाको परीक्षण भइसकेको छ। यससँगै नेपालमा कोरोना संक्रमितको १९ हजार २ सय ७३ पुगेको छ।

यस्तै, बुधबार १ सय ४६ जना डिस्चार्ज भएका छन्। बुधबारसम्म कोरोना मुक्त हुनेको संख्या १४ हजार २१ रहेको छ। प्रदेश नम्बर १ मा ७ सय ८९, प्रदेश नम्बर २ मा ३ हजार १८, बागमती प्रदेशमा ५ सय १८ र गण्डकी प्रदेशमा १ हजार २ सय २७ जना डिस्चार्ज भएका छन्।

यस्तै प्रदेश नम्बर ५ मा ३ हजार ९ सय १०, कर्णाली प्रदेशमा १ हजार ६ सय ८६ र सुदूरपश्चिम प्रदेशमा २ हजार ८ सय ७३ जना डिस्चार्ज भएका छन्। आजसम्म पीसीआर विधिबाट ३ लाख ५८ हजार ३ सय ४४ जनाको कारोना परीक्षण भएको छ। देशभरीका विभिन्न अस्पतालका आइसोलेसनमा ५ हजार २ सय ३ जना उपचाररत रहेका छन्। जसमा प्रदेश नम्बर १ मा २ सय २६, प्रदेश नम्बर २ मा १ हजार ९ सय ८२, बागमती प्रदेशमा ४ सय ८३ र गण्डकी प्रदेशमा २ सय ८८ जना आइसोलेसनमा उपचाररत रहेका छन्।

यस्तै प्रदेश नम्बर ५ मा ४ सय १, कर्णाली प्रदेशमा ३ सय २ र सुदूरपश्चिम प्रदेशमा १ हजार ५ सय २१ जना आइसोलेसनमा रहेको प्रवक्ता डा। गौतमले बताए। देशभरिका क्वारेन्टिनमा १४ हजार ४ सय ७१ जना रहेका छन्। नेपालमा कोरोना संक्रमणबाट ४९ जनाको मृत्यु भएको छ।